हुम्ला, १६ पुस ,, जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।
शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा स्थानीय सरकारले लिए पनि अझैसम्म पुस्तक नपुगेको शिक्षक ऐडीले गुनासो गर्नुभयो ।
दुर्गम जिल्ला भएकाले विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमै नपुग्ने, जिल्ला बाहिरका शिक्षक घर बिदा जाँदा समयमै उपस्थित नहुनेलगायतका समस्याले यहाँका विद्यार्थीलाई अध्ययनको सिलसिलामा जिल्लाबाहिर जाँदा निकै समस्या हुने उहाँले बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू