०८ माघ २०८१

विस्थापित परिवारलाई लालपूर्जा

१८ चैत्र २०७५, सोमबार १४:१६ मा प्रकाशित

रसुवा, १८ चैत ,,  विसं २०७२ वैशाख १२ को भूकम्पबाट विस्थापित तिरु र गोगनेका जोखिमयुक्त बस्तीका भूकम्पपीडित लाभग्राहीलाई तिरुमा एकीकृत बस्ती विकास गरि पुनःस्थापना गरिने भएको छ । यसका लागि १०९ विस्थापित परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जग्गा खरीद गरी लालपूर्जा वितरण गरिएको छ ।
प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सांसद प्रेम तामाङ र प्राधिकरणका सदस्य धुव्र शर्माले विस्थापित परिवारलाई लालपूर्जा वितरण गर्नुभयो । तिरु र गोगनेका विस्थापितहरु जोखिमपूर्ण अवस्थामा खाल्टेमा बसिरहेका थिए ।
सांसद आचार्यले विस्थापितलाई सुरक्षित पुनःस्थापन गराउँदा मात्रै साँचो विजय हुने बताउनुभयो । प्रदेशसभा सदस्य तामाङले जोखिमपूर्ण अवस्थामा रहेका विस्थापित लाइ जसरि पनि स्थानान्तरण गरिने दृढता व्यक्त गर्नुभयो ।
प्राधिकरणका सदस्य शर्माले प्राधिकरणले भूकम्प प्रभावित परिवारलाई सुरक्षित बसोबासमा जोड दिइरहेको छ भन्दै रसुवाको खाल्टेमा बसोबासका लागि असुरक्षित रहेकाले त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका विस्थापितलाई सबैलाई तिरूको एकीकृत बस्तीमा स्थानान्तरण हुन आग्रह गर्नुभयो ।
गाउँपालिकाका अघ्यक्ष उपेन्द्र लम्सालले बाँकी रहेका अन्य विस्थापितलाई पनि सुरक्षित पुनःस्थापन गराउन लागिपरेको र सबैलाई सुरक्षित पुनःस्थापन गराउनु नै गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताउनुभयो । तिरू गोगनेका २५० भन्दा बढी विस्थापितमध्ये एकीकृत बस्तीका लागि पहिलो चरणमा १०९ घरपरिवारलाई एकीकृत बस्तीको जग्गा व्यवस्थापन भइसकेको प्राधिकरण रसुवाले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter