१८ माघ २०८१

अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

१८ चैत्र २०७५, सोमबार ११:५९ मा प्रकाशित

काठमाडौँ, १८ चैत ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter