१८ माघ २०८१

हावाहुरीबाट २७ जनाको मृत्यु

१८ चैत्र २०७५, सोमबार ११:५२ मा प्रकाशित

वीरगञ्ज, १८ चैत ,, आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले राससलाई बताउनुभयो ।

अहिले उद्धारकार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter