हनोई, १५ चैत ,, भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् ।
भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न निषेध गरिए पनि कानुनको कमजोर कार्यान्वयनका कारण विश्वव्यापी रुपमै निषेध गरिएका यस्ता वस्तुहरु कालो बजारमा खुलेआम बिक्री हुने गरेको छ ।
बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि भियतनाम सरकारले वन्यजन्तुको अवैध व्यापारमा कडाई गर्ने प्रतिबद्धता जनाएको छ । भियतनामका सरकारी अधिकारीहरुले पछिल्ला वर्षमा दानाङ शहरमा पनि छापा मारिएको बताएका छन् ।
“काठभित्र लुकाएर शंकास्पद वस्तु ल्याएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा ९ टन हात्तीका दाँत भेटिए,” भियतनामको भन्सार प्रशासनको भनाई उद्धृत गर्दै हाई क्वुआन अनलाइनमा लेखिएको छ ।
हात्तीका दाँत लुकाएको काठ मङ्गलबार दानाङको मुख्य बन्दरगाहमा भेटिएको थियो । यो काठ मध्य अफ्रिकी मुलुक कङ्गोबाट आएको थियो ।
हात्तीका दाँत, बङ्गारा र अन्य हाडखोरहरु भियतनाममा गहना बनाउन, घरका सजावटका सामान तयार पार्न तथा परम्परागत औषधि बनाउन प्रयोग हुन्छ । भियतनाम हुँदै अवैध वन्यजन्तु चीन समेतका अरु मुलुकहरु पनि पुग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू