११ माघ २०८१

सडक दुर्घटनामा तीसको मृत्यु

१४ चैत्र २०७५, बिहीबार १२:४४ मा प्रकाशित

ग्वाटेमाला सिटी, १४ चैत ,, ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्तीमा ३० ग्वाटेमाली नागरिकको मृत्यु भएको छ ।

एक यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्ँिकदा सो दुर्घटना भएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । उक्त दुर्घटना पश्चिमी शहर नहुआला शहरको प्रवेशद्धारमा भएको थियो ।

उक्त शहरमा केही हजार मात्र व्यक्तिको बसोवास रहेको छ । यस दुर्घटानामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन् ।

त्यस दुर्घटनामा करिब ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेहरुलाई स्थानीय अस्पताल पु¥याइएको बताइएको छ ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनका कारण नै सो दुर्घटना हुन पुगेको बताएको छ ।

मध्यअमेरिकी देश ग्वाटेमालामा यस्ता दर्घटनाहरु सामान्यजस्तै भएका छन् । सवारी चालकहरुले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेका छन् ।

यहाँका सार्वजनिक सवारी चालकहरुले पनि ट्राफिक नियम उल्लङ्घन गरी दुर्घटना गराउने र भाग्ने गरेका हुन्छन् । पछिल्ला समयमा उक्त देशमा सडक दुर्घटनाहरु यही कारणले पनि बढ्ने गरेको बताइन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter