आज विहान ९बजे राष्ट्रपति विद्या देवी भण्डारी ले
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष पदमा शमीम अंसारी लाई नियुक्त गरेकी छिन ।नियुक्ति सँगै प्रधान न्यायाधीश चौलेंद्र शमशेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका अध्यक्ष अंसारी जवालाखेल स्थित रहेको राष्ट्रिय मुस्लिम आयोगको कार्यालयमा प्रवेश गरेका छन।
आयोगको सभा हालमा नवनियुक्त अध्यक्षलाई बधाई दिन उपस्थित भएका मुस्लिम समुदायका अगुवाहरुलाई सम्बोधन गर्दै अंसारीले आफ्नो कार्यकालका सम्पूर्ण योजनाहरू शैक्षिक र समाजिक क्षेत्र लाई प्राथमिकता दिने बताए ।
उनले भने, इंशाअल्लाह अब मुस्लिम समुदायका हरेक बालबालिका लाई शिक्षाको मूलाधारमा ल्याइने छ ।शिक्षा वाट वन्चित भएका अब मुस्लिम बालबालिका भेटिदैनन ।
अब समय फेरिन्छ छ । हरेक बालबालिकालाई विद्यालयमा पुर्याइन्छ । शिक्षा आर्जन गर्ने वातावरण तथा सेवा सुविधाको गणस्तरियय व्यवस्था हुनेछ।
दोस्रो प्रतिबद्धता जनाउने क्रममा मुस्लिम समुदाय भित्र रहेको समाजिक विकृति विसंगतिको अन्त्य गरिने छ । समाजमा दाइजो प्रथा प्रमुख विकृतिको रुपमा जरा गाडेको छ।
अब उपब्धिमूलक योजनाहरू ल्याएर दाइजो को चलन अन्त्य गरिने छ । दाइजो मुक्त विवाह गर्न र गराउन संवैधानिक तवरले कड़ा उपाय अपनाइने कुरा व्यक्त गरे ।
त्यस्तै मुस्लिम समुदायको धार्मिक र समाजिक पहिचान को रुपमा रहेको प्रमुख पर्वहरूलाई राष्ट्रिय स्तरमा विदाको सूचीमा स्थापित गराउने आफ्नो तेस्रो प्रतिबद्धता जनाए ।
आफुले नेतृत्व गरेको मुस्लिम आन्दोलनको उपलब्धिको रुपमा हासिल भएको मुस्लिम आयोगको अध्यक्ष भएर काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
संवैधानिक परिषदको महत्वपूर्ण अंग रहेको मुस्लिम आयोगको अध्यक्ष शमीम अंसारीलाई राजनीतिक समाजिक नागरिक समाज पत्रकार बिद्यार्थी युवा लगायत विभिन्न क्षेत्रका अगुवाहरूको तर्फबाट बधाई दिने क्रम जारी छ ।
बिशेष गरि उनको नियुक्ति ले मुस्लिम युवा हरू बढ़ी हर्षित देखिएका छन ।
शमशाद आदिल ,काठमाडौं
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू