क्राइस्टचर्च, न्युजिल्याण्ड, १ फागुन ,, न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ ।
उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
“यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,” प्रधानमन्त्री अडर्नले भन्नुभयो । “प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।”
“अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,” प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू