१८ माघ २०८१

अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति गठन

३० फाल्गुन २०७५, बिहीबार १३:३५ मा प्रकाशित

काठमाडौँ, ३० फागुन ,,  विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा नौ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ ।

विवेकशील साझा पार्टीको सञ्चार विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय सद्भाव समितिको अङ्गअन्तर्गत गठन गरिएको सो समितिमा इजरायलबाट राम ढुङ्गाना, डेनमार्कबाट प्रभात किरण रहनुभएको छ ।

बेलायतबाट ताउ गुरुङ, बेल्जियमबाट सन्तोष न्यौपाने, भारतको मुम्बईबाट जीवन सम्राट, कतारबाट दीपेन्द्र पोख्रेल, वेदप्रसाद दवाडी र कुवेतबाट दीपक उप्रेती चयन हुनुभएको हो ।

नवगठित समितिले पार्टीका गतिविधि र भावी कार्यक्रम विभिन्न देशमा गठित सद्भाव समूहका सदस्यमाझ प्रचारप्रसार गर्ने कार्य गर्नेछ भने अन्तर्राष्ट्रि«य जगत्मा क्रियाशील विभिन्न तह र तप्कामा कार्यरत नेपाली भाषी समुदायलाई विवेकशील साझा पार्टीले लिएको देश विकासको लक्ष्य, मूल मर्म, भावनालाई चिनाउन राम्रो काम गर्ने लक्ष्य रहेको जनाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter