१८ माघ २०८१

प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन

२९ फाल्गुन २०७५, बुधबार १४:२० मा प्रकाशित

काठमाडौँ, २९ फागुन ,,  सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पु¥याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न÷ गराउन सरकारलाई रुलिङ गर्नुभएको हो । सभामुखले भन्नुभयो, “मैले अघिल्लो बैठकमा पनि सरकारको गम्भीर ध्यानकर्षण गराएको थिएँ, सरकारका तर्फबाट पनि जवाफ आएको थियो, उक्त आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न गराउन म निर्देशन दिन्छु ।

सभामुखको निर्देशनपछि राजपाका सांसदले आआफ्नो स्थान ग्रहण गरेपछि सदनको बैठक अहिले सञ्चालन भएको छ । प्रतिनिधिसभाको अघिल्लो बैठक राजपाको विरोधका कारण स्थगन भएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter