०३ माघ २०८१

विधान सहमतिमै संशोधन हुनु राम्रो–नेता केसी

१९ फाल्गुन २०७५, आईतवार १३:२७ मा प्रकाशित

विराटनगर, १९ फागुन  ,, नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान सहमतिमा संशोधन हुनु राम्रो हो भन्नुभएको छ ।

नेपाल प्रेस युनियन मोरङशाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “पार्टी महासमितिको निर्णयलाई फेरबदल गर्नु नेतृत्वको कमजोरी हो ।

नेता केसीले काङ्ग्रेसको विधान पूर्णरुपमा समावेशी र लोकतान्त्रिक रहेको उल्लेख गर्दै सङ्घीयताको मूलमर्म सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउनु रहेको बताउनुभयो ।

“वर्तमान चुनौतीलाई सामना गर्नसक्ने नेतृत्वको कमीलाई पूरा गर्न पार्टीको महाधिवेशन समयमै हुनुपर्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो, “संविधानको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ ।”
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter