११ माघ २०८१

व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन ,, अथमन्त्री

१८ फाल्गुन २०७५, शनिबार १४:५७ मा प्रकाशित

काठमाडौँ, १८ फागुन ,,  अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताउनुभएको छ ।

उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको दशौंँ वार्षिक साधारणसभालाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री खतिवडाले भन्नुभयो, “उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ ।”

ऊनी उद्योगको विषयमा बोल्दै मन्त्री खतिवडाले सरकारी फार्ममा भेडा, च्याङ्ग्रा पालेर उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । ज्याला बढ्दै गएको तर उत्पादकत्व नबढेको विषयमा भने आफ्ना कमीकमजोरीबारे व्यवसायीले अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले औँल्याउनुभयो । उहाँले विसं २०६६ मा कृषि क्षेत्रमा बैंकको लगानी एक प्रतिशत रहेकामा अहिले आठ प्रतिशत पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । कार्यक्रममा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घले वार्षिक रु एक अर्ब ५० करोडको ऊनी फेल्टका सामाग्री निर्यात गर्दै आएको जानकारी दिएको छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter