१० माघ २०८१

चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने

१६ फाल्गुन २०७५, बिहीबार ११:१२ मा प्रकाशित

काठमाडौँ, १६ फागुन ,,   दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

उहाँसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने महासचिव तुलाधरले जानकारी दिनुभयो । दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकूद मन्त्रालयका सहमन्त्रीसमेत रहनुभएका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गर्नुहुने बताइएको छ ।

“दुई देशबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन तथा फुटबलको पूर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा विषयमा छलफल हुनेछ”, उहाँले भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter