१४ माघ २०८१

सुरक्षा कारबाहीमा कम्तीमा पाँच आतङ्ककारी मारिए

९ फाल्गुन २०७५, बिहीबार १५:०१ मा प्रकाशित

हेरात , ७ फागुन ,, अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा परी पाँच तालिबान लडाकू मारिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । अफगान राष्ट्रिय सैनिकले हेरात प्रान्तको जिर कोस जिल्लामा गरेको बिशेष कारबाही ती लडाकू मारिएका हुन् । प्रान्तीय सरकारद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा यस कारबाही परी कम्तीमा पाँच तालिबान लडाकू मारिनुको साथै दुई ओटा लागूपर्दाथ जाँच गर्ने प्रयोगशाला र एक बम बनाउने कारखानासमेत ध्वस्त भएको जनाइएको छ । यस कारबाहीको क्रममा घाइते भएका चारमा एक तालिबान कमाण्डर आम्रोद्दिन खानसमेत रहेको जारी विज्ञप्तिमा जानकारी दिइएको छ । यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter