११ माघ २०८१

उत्तर कोरियाली र अमेरिकी अधिकारीहरु हनोईमा

५ फाल्गुन २०७५, आईतवार १६:५२ मा प्रकाशित

हनोई, ५ फागुन ,,   उत्तर कोरियाका एक जना वरिष्ट अधिकारी उत्तर कोरियाका नेता कीम जोङ–अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति शनिबार भियतनामको हनोई आइपुग्नुभएको छ । दुबै नेताबीच यही फेब्रुअरीको २७ र २८ तारिखमा हनोईमा भेटवार्ता हुँदैछ ।

उत्तर कोरियाका प्रमुख सचिव कीम चाङ–सोनको नेतृत्वमा रहेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा एक दर्जन बढी उच्च अधिकारीहरु पनि रहेका छन् ।

भियतनामी अधिकारीहरुका अनुसार, सचिव कीमले बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग छलफल गर्नुभएको छ । स्रोतका अनुसार उत्तर कोरियाली अधिकारीहरुले प्रोटोकल, सुरक्षा र अन्य व्यवस्थाका बारेमा जानकारी लिनेछन् ।

अमेरिकी राष्ट्रपतिका सहयोगी ड्यानियल वाल्स र अन्य वरिष्ट अधिकारी पनि शुक्रबार नै हनोई आइपुग्नु भएको छ । उहाँहरुले पनि बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग परामर्श गर्नुभएको छ ।

दुबै नेताबीचको दोस्रो शिखर बैठकमा पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामाथि छलफल गरी ठोस सहमति हुने अपेक्षा गरिएको छ । सिंगापुरमा गत वर्ष जुनमा भएको वार्तामा पनि आणविक निःशस्त्रीकरण गर्ने सम्झौता भएको थियो, तर त्यसको पूर्ण कार्यान्वयन भएको छैन ।

सिंगापुर सम्मेलनयता उत्तर कोरियाले क्षेप्यास्त्र इन्जिन र आणविक परीक्षण केन्द्र नष्ट गरेको दाबी गरिरहेको छ । तर उक्त कार्यको अन्तर्राष्ट्रिय स्तरबाट स्वतन्त्र पुष्टी नगरिएको भन्दै अमेरिकाले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नसकिने जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter