उर्लाबारी, २७ माघ ९ ,, उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले मोफसलका पत्रकारको समस्याबारे छलफल गर्नुभएको छ । पत्रकारहरुको समस्या, विज्ञापन र मिडिया हाउस सञ्चालनमा देखापरेका कठिनाईलगायत विषयमा आज यहाँ आयोजित छलफलमा उहाँ सहभागी हुनुभएको हो ।
सञ्चार सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेको जानकारी दिँदै उपसभामुख तुम्बाहाम्फेले पत्रकारको हितमै सो विधेयक आउनुपर्नेमा जोड दिनुभयोे । छलफलमा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, केदार चौहान, सुमन घिमिरे, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सुझाब दिनुभयोे ।
स्थानीय तहका मिडियामा विज्ञापनको पहुँच पुग्न नसकेको अवस्थामा पत्रकारले मिडिया हाउसलाई बलियो बनाउन सकेमात्र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सहज हुने उपसभामुख तुम्बाहाम्फेले बताउनुभयो । उर्लाबारीमा दुई एफएम रेडियो, दुई दैनिक पत्रिका र तीन साप्ताहिक पत्रिका छन् ।
टिपरको ठक्करबाट एककोे मृत्यु
विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएको थियो । उक्त शव परीक्षका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नयन्त्रणमा लिएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू