०४ माघ २०८१

प्राध्यापक सङ्गठनको अध्यक्षमा खतिवडा

२७ माघ २०७५, आईतवार ११:४३ मा प्रकाशित

नवलपरासी, २७ माघ   ,,  पश्चिम नवलपरासीमा सम्पन्न नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनमार्फत शैक्षिक विषयवस्तुमा केन्द्रीय विविध १४ बुँदे शैक्षिक घोषणापत्र सार्वजनिक गरिएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनको निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा मोहन खतिवडाले सम्मेलनले विश्वविद्यालयमा सुधारका लागि विभिन्न माग राखेको जानकारी दिनुभयो ।

घोषणापत्रमा विश्वविद्यालयमा हुने भागबण्डा बन्द हुनुपर्ने, विश्वविद्यालयका परीक्षा तथा सेवा आयोगको परीक्षा मर्यादित र व्यवस्थित हुनुपर्ने माग उल्लेख गरिएको छ ।

यसैगरी घोषणापत्रमा विश्वविद्यालयले सम्बन्धन दिने प्रक्रिया तत्काल परिमार्जन गरिनुपर्ने साथै प्रादेशिक विश्वविद्यालय विशुद्ध प्राविधिक तथा व्यावसायिक मात्र हुनुपर्ने उल्लेख छ ।
सम्मेलनले डा खतिवडाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा भगवानचन्द्र ज्ञवाली, महासचिवमा हिमलाल पराजुली, सचिवमा खोपीराम वली र कोषाध्यक्षमा भीमबहादुर भण्डारी हुनुहुन्छ ।

यसैगरी सदस्यमा कृष्ण घिमिरे, धर्म थापा, डा तीर्थ श्रेष्ठ, हरिचन्द्र कमली, प्रेमसिंह भाट, कुम्भराज बडुवाल, भुवन मल्ल, वंशीधर आचार्य, सूर्यप्रसाद भट्टराई, गणेश राना, शेरचन्द्र गिरी, हेमराज पौडेल, सुशील भट्टराई, सागर अधिकारी र डा शिवशङ्कर बस्याल रहनुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter