केयरखबर, काठमांडौ ।
आल नेपाल क़ुरआन हिफ्ज प्रतिस्पर्धामा सुनसरी का अंजारुल हकले प्रथम स्थान अगोट्न सफल भएका हुन ।
अल हेरा एजुकेशनल सोसाइटी नेपालले आयोजना गरेको कुरआन हिफ़्ज़ (कण्ठ) प्रतिस्पर्धा मा देश भरी बाट हुफ़्फ़ाज़ बिद्यार्थी हरू सहभागी भएका थिए ।
काठमांडौ को हार्दिक होटल मा
फरवरी २ शनिवार का दिन गरिएको प्रतिस्पर्धामा अंजारुल हक मोहम्मद इकबाल प्रथम ,मोहम्मद अजहर द्वित्तीय र सेराज ताज तृतीय स्थानमा परेको जानकारी आयोजक संस्था का महासचिव सेराज अहमद ले जानकारी गराएका हुन ।
सुनसरी को घुस्की स्थित मदरसा कास्मियामा अध्ययन गरिरहेका हक को सफलताले स्थानीय वासी हर्षित भएका छन ।
हक को बुवा मोहम्मद इकबालले आफ्नो छोरा राष्ट्रिय स्तरमा नै आफ्नो नाम स्थापित गराएको खुशीले गदगद छन ।
स्रोत शमशाद आदिल
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू