०९ माघ २०८१

डा केसी लाई सर्वेक्षण गरेर जानु पर्छ । पूर्व मन्त्री मिश्रा

२० माघ २०७५, आईतवार २३:२३ मा प्रकाशित

 

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विभिन्न मांगहरू राखि अनशन बसि रहनु भएका डाक्टर गोबिन्द के सी लाई राष्ट्रिय स्तरमा मेडिकल क्षेत्रको सर्वेक्षण गरि अगाडि बढ़न पुर्व स्वाथ्य राज्यमन्त्री डाक्टर वंशीधर मिश्रा ले अनुरोध गरेका हुन ।


माघ १९ गते ऐस टुगेदर वी क्यान र कन्फिडेन्सनेपाल को संयुक्त आयोजना सम्पन्न भएको चिकित्सा विधेयक माथि वहस कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री मिश्राले वस्तुनिष्ठ मापदण्डमा केन्द्रित हुन सबैलाई आह्वान गरेका थिए ।


डाक्टर गोबिन्द केसी ले आफ्नो अनशन को क्रममा गरेका गालीगलौच र आरोपहरूलाई यदि सीरियसली लिने हो भने एक डेग पनि चल्न सक्दैन भन्ने कुराको उनले जिकिर गरे ।

 

वहस कार्यक्रम मा विशिष्ट अतिथिको रुपमा रहेका अधिवक्ता ओम प्रकाश आर्यालले डाक्टर गोबिन्द के सी एक सादगी जीवन व्यतित गर्ने ऋषी भएको ठहर गरे ।
स्वास्थ्य क्षेत्रमा डाक्टर केसी वास्तविकतामा आधारित रहेको नेता भएको बताएका हुन ।


स्वास्थ्य क्षेत्रमा भएको कालाबाजारी घूसखोरी लूटतंत्र हटाउन को लागि केसी ज्यु लाग्नु भएको कुरा व्यक्त गरे ।
मेडिकल बजार लाई लगाम लगाउन र गुणस्तरिय बनाउन जनताको हकमा भएको बताए ।

मधेश मीडिया हाउसको सभाहालमा सम्पन्न
भएको कार्यक्रममा डाक्टर गोबिन्द केसीको अनशन ले निकै नै ब्यापक रुपमा सरकारलाई स्वास्थ्य क्षेत्रमा योजना कार्यक्रम हरूको निगरानी गर्नुको साथै सचेत बनाएको सभापति गोबिन्द साहले ठहर गरेका थिए।
रेहान खान ले सञ्चालन गरेको कार्यक्रममा

स्वागत मनतब्य दिने क्रममा कन्फिडेन्स नेपालका संयोजक तथा एस टुगेदरको सचिवालय सदस्य शमशाद आदिल ले समाज मा आई परेको समस्याहरूलाई स्वस्थ्य बैचारिक छलफल मार्फ़त निकास दिन सक्ने भएकोले आफूहरुले उक्त कार्यक्रमको आयोजना भएको जानकारी दिएका हुन ।
शैक्षिक क्षेत्रमा सृजनात्मक कार्य गरि अध्ययनशील समाजको निर्माण गर्न कन्फिडेन्स नेपालको स्थापना भएको शमशाद आदिलले बताए।

कार्यक्रममा ,सूचना अभियन्ताहरू, कानून ,मानवाधिकार, शिक्षा, व्यवस्थापन , इंजीनियरिंग ,फार्मेसी, साहित्य, चिकित्सा शास्त्र, आमसञ्चार लगायत विभिन्न क्षेत्रका अध्ययनकर्ताहरूको सराहनीय उपस्थिति रहेको थियो ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter