०९ माघ २०८१

कृषि उत्पादनमा आत्मनिर्भर हैन प्रतिस्प्रर्धी बनाउनुपर्छ ,, अर्थ मन्त्री

२० माघ २०७५, आईतवार १६:३४ मा प्रकाशित

काठमाडौँ, २० माघ  ,,  अर्थमन्त्री युवराज खतिवडाले कृषकको आर्थिक अवस्था सुधार्न कृषि उत्पादनलाई विश्व बजारसंग प्रतिस्प्रर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ ।
विहिवार काठमाण्डौमा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को ११ औ वार्षीक साधारण सभामा मन्त्री खतिवडाले कृषि सहकारीहरुले आयत प्रतिस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अव विश्व बजारसंग प्रतिस्प्रर्धा गर्न सक्ने उत्पादनमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
उँहाले खुल्ला अर्थनीति अबलम्वन गरेको नेपालले अव कृषि उत्पादन पनि विश्व बजारसंग प्रतिस्प्रर्धा गर्न सक्ने गरी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खतिवडाले अव नेपालको कृषि सामग्रीको प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सरकारले सहयोग गर्ने बताउनुभयो ।
एक फरक प्रसंगमा अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी पाँच वर्ष भित्र देशलाई गरिबी उन्मुलन देश बनाउने बताउनुभएको छ ।
यसका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै गरिबी उत्मुलनमा कृषि क्षेत्रले गर्ने कामको योजना ल्याउन आग्रह गर्नुभएको छ ।
उँहाले कृषि उत्पादनलाई बढाउन सके गरिबी उन्मुल गर्न सकिने भन्दै यसका लागि सहकारी क्षेत्रले सामुहिक रुपमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।
सहकारीले लघु बीमा सुरु गरेर पशु र कृषि बीमा गर्ने हो भने यसका लागि सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।
कृषि र सहकारी क्षेत्रबाट उत्पादन मुलक कार्यका लागि आउने प्रस्तावलाई सरकारले सहर्ष स्विकार गरी सहयोग गर्न तयार रहेको मन्त्री खतिवडाले बताउनुभयो । उँहाले साना किसान र कृषि सहकारीहरुले गरेको कामले आफु प्रभावित वनेको भन्दै आगामी दिनमा किसानको जीवनस्तर सुधार्न र उकास्न आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले देशको आर्थिक विकासका लागि सहकारी आवश्यक रहेको बताउनुभयो । उँहाले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विकासका लागि पनि कृषि सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशव बडालले पिछडीएको दलित र अल्पविकसित समुदायको उन्नती प्रगतिका लागि कृषि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उँहाले कोही पुग्न नसकेको गाउँमा कृषि सहकारीहरु पुगेर दिएको सेवा महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले साना किसान समुदायको सकारात्मक परिवर्तनको सम्वाहक वन्न सफल भएको भन्दै यसलाई अझै समुदायकेन्द्रीत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter