काठमाडौँ, २० माघ ,, प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय संसद्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक २०७५ सहित राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिएको छ ।
आजको दोस्रो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको उक्त विधेयक टेबुल गर्नुभएको हो । दोस्रो बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू