कपिलवस्तु/ संवाददाता माघ २०
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.३ अन्तर्गत पर्ने जामिया सिराजुलवलुम र आयसा सिद्दीकीया ग्रल्स कालेज को प्रदेश नं.५को समाजिक विकास मन्त्रालय का सचिव कृष्ण ज्ञावली उपसचिव चित्त मणि खनाल र इन्द्रमणि खनाल को संयुक्त टोली ले उक्त मदरसा को अवलोकन र निरीक्षण गरेका छन्।
उक्त मदरसा मा रहेको भौतिक स्थिती,शैक्षिक स्थिती र कक्षा कोठाको अवलोकन र अध्यनरत विद्यार्थीहरु संग भेट घाट गरी विद्यार्थीहरु लाई यस मदरसा बाट पढेर विदेश मा गएर थप पढन चाहने विद्यार्थी लाई भई रहेको समस्या को बारे मा विद्यार्थीहरु संग कुरा कानि गरी छिटो भन्दा छिटो हामी यो समस्या को बारेमा छलफल गरी समस्या को समाधान गर्ने कुरा सचिवले बताए का छन्।
जस्मा उक्त मदरसा का प्रवक्ता मौलाना मसहूद खां नेपाली ले उक्त मदरसा मा भए गरेका कुरा लाई स्पष्ट पार्दै मदरसा शिक्षा लाई सरकारी सरह समकक्षता दिन पहल गर्न आग्रह गर्दै प्रदेश नं.५ मा हज कमिटी गठन गर्नु पर्ने तर्क समेत पेश गरेका थिए औपचारिक छलफल मा उक्त मदरसा का प्र.अ.खुर्शीद अहमद शैख, मदरसा अध्यक्ष मौलाना शमीम अहमद,राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, प्रहलाद पाण्डेय लगायत मदरसा का शिक्षक सुरक्षाकर्मी लगायत हरुको सहभागिता रहेको कुरा मदरसा प्रशासनले जनाएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू