रौतहट प्रदेश न. २ को भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल द्वारा रौतहटको गुजारा नगर पालिका को परसवामा खानेपानी टंकिको उदघाटन गरेका छन।
आज उद्घाटन समारोहमा बोल्दै
मन्त्री सोनले मधेसको विकास अब कसैले रोक्न नसक्ने पनि भने।
केन्द्रले उचित बजेट प्रदेश लाई नदिएमा हामी कर नबुझाई आफै मधेसको बिकासमा सदुपयोग गर्ने र यस महिना सम्ममा केन्द्रले कर्मचारी नपठाए हामी आफै करारमा कर्मचारी नियुक्त गर्ने भनेका छन। र विस्तारै सडक शिक्षा एवम समग्र विकास गर्ने बताए।
साथै उनले यस प्रदेशका सम्पूर्ण डोम मुसहर र दलितको लागि घर बनाउने भनेका हुन।
कार्यक्रममा विभिन्न ठाउबाट आएका नेता आफ्नो मन्तव्य राखे।कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद साह , प्रदेश सभा सदस्य बाबुलाल साह , केन्द्रीय सदस्य खेना राय यादव , जिल्ला अध्यक्ष रामप्रवेश दास , बिधार्थी नेता राजा हुसेन लगायतको उपस्थिति थियो।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू