कैलाली, १८ माघ ,, धनगढी उपमहानगरपालिकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग नगरको विकासका सम्भावनाबारे छलफल गरेको छ ।
उपमहानगरपालिकाले नगरमा हुने विकासमा स्थानीय नगरवासीको अपनत्वको भावना विकास गर्न बेलाबेलामा सरोकारवालासँग छलफललाई निरन्तरता दिँदै आएको हो ।
बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस क्षेत्रमा गर्न सक्ने काम, किसानलाई सहुलियतमा दिनसक्ने ऋण तथा लगानी, बैंक तथा वित्तीय संस्था अगाडि हुने अव्यवस्थित पार्किङ र केही समयभित्रै मुख्य बजार भत्काइने भएकाले बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनका बारेमा समेत छलफल गरिएको उपमहानगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।
उपप्रमुख सुशीला मिश्र भट्टले सरोकारवालासँगको छलफल तथा अन्तक्र्रियाबाट सबै क्षेत्रको सुझाव लिइरहेको र छलफलबाट आएका सुझावका आधारमा काम गरिने जानकारी दिनुभयो ।
छलफलमा बैंकर्स क्लबका जिल्ला अध्यक्ष टेकराज भट्टले धनगढीको विकासका लागि सबैको सहयोग र साथ अपरिहार्य भएकाले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू