०९ माघ २०८१

ठगी गर्ने उद्योगलाई कारवाही

११ माघ २०७५, शुक्रबार १३:३१ मा प्रकाशित

काठमाडौँ, ११ माघ ,, नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ ।

विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिण्डरमा म्याद थप गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई बिहीबार कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले धादिङमा सञ्चालन भएको एलपीजी बोटलिङका प्लान्टहरू अनुगमन गर्दा गुणस्तरअनुरूप सञ्चालन नगरेको भेटिएकाले कारवाही गरिएको जानकारी दिनुभयो । विभागले उक्त एलपीजी बोटलिङ प्लान्टलाई कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter