०३ माघ २०८१

महायज्ञमा एक करोड ५७ लाख सङ्कलन

११ माघ २०७५, शुक्रबार १३:३० मा प्रकाशित

नारायणपुर, ११ माघ ,, दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन भएको छ ।

‘श्रीमद्भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को आठौँ दिनसम्म रु एक करोड ५७ लाख ३३८ दान सङ्कलन भएको महायज्ञका निर्देशक प्राडा अर्जुन बुढाथोकीले जानकारी दिनुभयो ।

महायज्ञको आठौँ दिन मात्रै रु ४२ लाख ४५८ दान सङ्कलन भएको छ । घोराही उपमहानगरपालिका–१३ बस्ने खिमबहादुर डिसीले रु छ लाख दान गर्नुभएको छ । यस्तै दानपेटिकाबाट बिहीबारसम्म रु ५८ हजार ४७५ सङ्कलन भएको छ ।

एक करोड दीप प्रज्वलन

महायज्ञमा एक करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको आठाँै दिन बिहीबार एक करोड दीप प्रज्वलन गरिएको थियो । देशमा शान्तिको कामना गर्दै पितृहरूको सम्झनामा दीप प्रज्वलन गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो । दीप प्रज्वलनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।

१००८ कन्या पूजन गरिने

महायज्ञको अन्तिम दिन शुक्रबार १००८ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ । आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तीले सम्पूर्ण अभिभावकलाई आफ्ना कन्यालाई पूजन कार्यक्रममा सहभागी गराइदिनुहुन अनुरोध गर्नुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter