हरेक विद्यार्थीले आफ्नो जीवनलाई स्वयं आफु प्रति, आफ्नो परिवार प्रति, साथी प्रति, समाज प्रति र देशको हकहितको लागि आफ्नो विद्यार्थी जीवन कालमा आफ्नो उत्तरदायित्वलाई पहिचान गरि धेरै नै योगदानहरु गर्न सक्छ।
जस्तै:
१.आफु प्रतिको उसको ज़िम्मेवारी यो हुन्छ की उ जहिले पनि आफ्नो पछिल्लो गरेको गल्तीहरु बाट पछुतो न मानि फेरि यस्तै गलती न दोहरियोस भन्ने अठोट गर्नु पर्छ । आफुलाई अनुशासित, दूरदर्शी, प्ररिश्रमी तथा अध्ययनशीलताका साथ एक असल व्यक्ति बन्ने र आफ्नो ध्यान शिक्षामा विद्या आर्जन गरि भविष्यमा एक महान असल चरित्र भएको मानिस बन्ने प्रयास जारी राख्नु पर्छ।
२. आफ्नो परिवार प्रति उसको जिमेवारी यो हुन्छ की उसले हरेक वेला आफ्नो माता पिता एवम अभिभावक प्रति ज़िम्मेवार बनोस। एउटा राम्रो संतान, एउटा राम्रो भाई/बहिनी बन्ने प्रयास गरोस,
अभिभावकको सपना साकार गर्न सक्ने र सबै परिवारिक सदस्यलाई खुशी बनाउने कार्यहरु उनको आवश्यकता अनुसार आफ्नो योगदान दिन व गर्न सकने एक असल सदस्य बनोस।
३. साथी प्रति उसको ज़िम्मेवारी यो हुन्छ की हरेक समयमा उसका साथीहरु लाई कुनै किसिमको आवश्यकता परेमा आफ्नो साथिको साथ उभी रहोस। उसको सधै सहयोग गर्न तत्पर रहने साथी को रूपमा आफ्नो परिचय कायम गरोस।
नकारात्मक बानी व्यवहार काम बाट आफु र साथी दुवैलाई बचाउन आवश्यक क़दमहरु लिन सकोस। साथिलाई झै-झगड़ाहरु संग टाढा राख्ने मार्गदर्शक बनोस। एक असल निस्वार्थ साथी बन्ने प्रयास गरोस।
४. समाज प्रति उनको जम्मेवारी यो हुन्छ की उ प्राप्त गरेको विद्या एवम ज्ञानलाई समाजको उन्नति र उज्ज्वल भविष्यको लागि आफ्नो योगदान दिनमा निरन्तरता दिदै जाओस। बिद्यार्थी समाजको अत्यन्त महत्वपूर्ण अंग भएकोले वातावरण संरक्षण, सरसफ़ाई अभियान, वृक्षारोपण गर्ने, लागु औषध हरू बाट रहन बिद्यार्थी युवाहरु जागरुक गर्ने जस्ता स-साना कार्यहरु गर्न उत्सुक रहोस।
५. देशप्रति उसको जिमेवारी धेरै हुन्छ। बिद्यार्थी स्तर बाट राज्य र नागरिक को सम्बन्ध गासिने ।राज्यद्वारा चलाइएको चेतना मुलुक अभियानहरुमा सभागी भई त्यसलाई सफल पार्न प्रयास गरोस। आफ्नो जीवनमा राज्यलाई उन्नति र विकासको तर्फ लाउने दृढ़ इच्छा सहित संकल्प लिनु पर्दछ।
विद्यार्थी नै परिवार, समाज र देशको सिपाही हुन। विद्यार्थी आफु माथि परिवार र परिवार माथि समाज र समाज माथि देशको हकहितमा एक भई साझेदारी गर्नु पर्छ।
अन्ततः म बिद्यार्थीहरू द्वारा निर्मित गरिएको कन्फिडेंस नेपाल नामक संस्था सङ्ग आबद्ध भएको नाताले सम्पूर्ण बिद्यार्थीहरुलाईमा भन्न चाहन्छु की
विभिन्न क्षेत्रमा अध्ययनरत रहेका साथिहरुले प्राप्त गरेको ज्ञानलाई साटासाट गर्न ,यसले परिवार, समाज र देशको मनोवैज्ञानिक सहजतालाई बुझ्दै जागरूक युवा विद्यार्थिहरुलाई आफु सँगै पाइला अगाडि सार्दै जानेछ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू