काठमाडौँ, ४ माघ ,, काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।
जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोजगार बनाउनका साथै स्वदेशी लत्ताकपडा उत्पादन बढाउने र स्वदेशमै खपत गर्नका लागि उक्त संस्था सञ्चालनमा ल्याइएको हो । करीब रु एक करोडको लगानीमा सातजना युवा मिलेर उद्योगको स्थापना गरिएको छ ।
प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले उत्पादनशील क्षेत्रमा गरिने लगानीले स्वदेशमा बेरोजगारी समस्या न्यूनीकरण गर्ने र राष्ट्रिय उत्पादनमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो । उहाँले युवावर्गले स्वदेशमै केही गर्ने लक्ष्य राखेर गरेको उद्यमशीलताको सराहना गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही वडाका अध्यक्ष ईश्वरमान डङ्गोलले स्थानीय तहले पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेको जानकारी दिनुभयो ।
प्रालिका अध्यक्ष विजय श्रेष्ठले आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनीकरण गर्नका लागि अब युवा वर्गले साना तथा मझौला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू