गलकोट, २ माघ ,, बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।
जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पु¥याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला हँुदै म्याग्दीको दरवाङ जोड्ने सडक विस्तार र स्तरोन्नति गर्न रु एक करोड बजेट विनियोजन भएको छ । गलकोट हरिचौर ताराखोला हुँदै म्याग्दीको ताकम जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन भएको सांसद देवेन्द्र पौडेलले बताउनुभयो ।
जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने मालढुङ्गा, पाग्जा पैयूँपाटा हँुदै लहरेबर अमलाचौर कुश्मिशेरा जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले बजेट ल्याउने बेला एकमुष्ट बजेट राखेर सांसदमार्फत आएका योजनाका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।
तीनवटै सडकको स्तरोन्नति गर्न विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको सांसद पौडेलले जानकारी दिनुभयो । “सरकारले विनियोजन गरेको बजेटका विषयमा सम्बन्धित क्षेत्रका मानिसले चासो राखेर काम गर्नुपर्दछ” पौडेलले भन्नुभयो, “स्थानीय सरकारसँग समन्वय गरेर बजेटको सही कार्यान्वयन हुन्छ ।”
एउटा क्षेत्रका दुईवटा बाटोमा रकम विनियोजन हँुदै आएपनि जनताको माग अनुसार तीनवटा बाटोमा रकम छुट्ट्याइएको सांसद पौडेलले बताउनुभयो । तीनवटै सडक सर्वसाधरणको प्रत्यक्ष जनजीवीकासँग जोडिएका सडक भएकाले आगामी वर्ष बजेटलाई निरन्तरता दिएर काम गर्ने पौडेलले बताउनुभयो । ––– –
तपाईंको प्रतिकृयाहरू