२९ फागुन २०८१

प्रधानसेनापति भारत प्रस्थान

२७ पुष २०७५, शुक्रबार १३:०० मा प्रकाशित

काठमाडौँ, २७ पुस,,  प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना हुनुहन्छ ।

भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट भोलि सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज यहाँ जनाएको छ ।

दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँले आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नुहुनेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter