केयरखबर, काठमांडौ
पुष१ गते देखि पुष१० गते सम्म देश ब्यापीरुपमा चलाइएको दाइजो बिरुद्ध अभियान सफलता पूर्वक सम्पन्न भएको आयोजक इस्लामी संघ नेपालले ठहर गरेको छ ।
पुष १५ गते इस्लामी सङ्ग नेपालको केन्द्रिय कार्यालयमा बसेको बैठकले अभियानको समीक्षा गरि सफलता पूर्वक सम्पन्न भएको विज्ञप्ति जारी गरेको छ ।
छोरी लाई दाइजो हैन पैतृक सम्पत्तिमा अंश देउँ भन्ने मूल नारा का साथ शुरू गरिएको अभियानको सन्देश समाजका हरेक ब्यक्ति ले आत्मसाथ स्वीकार गरेका भन्दै संघका महा सचिव अबुल कलाम मियां द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू