११ माघ २०८१

बसको ठक्करबाट बालकको मृत्यु

११ पुष २०७५, बुधबार १९:०० मा प्रकाशित

रत्ननगर, ११ पुस,, भरतपुर महानगरपालिका–५, रामबाघस्थित जागृति टोलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

आज फ्युचर मन्टेश्वरी स्कुलको ना१क ६३४३ नंको बसबाट झार्ने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा अध्ययन गर्ने धादिङ घर भई मामा घर बस्दै आएका चार वर्षीय अनम अर्यालको मृत्यु भएको हो । ठक्कर दिएपछि गम्भीर घाइते भएका अर्यालको भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक, सहचालक अहिले जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशील सिंह राठौरले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter