काठमाडौँ, ११,, तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा आएको छ । नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो ।
“कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो । प्रयोगशाला सञ्चालनमा आएसँगै एक लाख नागरिक यो सेवाबाट लाभन्वित भइसकेको प्रमुख गिरीले बताउनुभयो ।
स–साना स्वास्थ्य समस्यामा पनि नगरपालिका नागरिकले सास्ती खेपिरहेको अवस्थामा नगरको प्रत्येक वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै धेरैलाई राहत मिलेको तारकेश्व–९ का वडाध्क्षय बलराम सिटौलाले बताउनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू