११ माघ २०८१

समितिको कार्यविधि परिमार्जनसहित पारित

१० पुष २०७५, मंगलवार १७:५६ मा प्रकाशित

काठमाडौँ, १० पुस,,  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आफ्नो कार्यविधि पारित गर्ने निर्णय गरेको छ ।

समितिको आजको बैठकले छलफलमा उठेका विषयलाई समावेश गरी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।

समितिका सभापति निरादेवी जैरुको अध्यक्षतामा बसेको उक्त बैठकमा सदस्य भीम रावल, डा मीनेन्द्र रिजाल, प्रभू साह लगायतले समितिको कार्यलाई नियमित, व्यवस्थित र पारदर्शी बनाउने आवश्यक सुझाव प्रस्तुत गर्नुभएको थियो ।

सङ्घीय संसद्को संयुक्त सदन मातहत रहेको उक्त समितिले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनसम्बन्धी विषयमा विज्ञ, सरोकारवाला र विभिन्न निकायसँग परामर्शका कार्यक्रम गर्नेसमेत कार्यदेश पाएको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन भए÷नभएको समितिले अनुगमन गर्ने जिम्मेवारी रहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter