११ माघ २०८१

नास्टमा जनशक्ति अभावले कार्यक्रम प्रभावित

१० पुष २०७५, मंगलवार १५:०१ मा प्रकाशित

काठमाडौँ, १० पुस,, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेका छन् ।
पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको पूर्व सूचना दिने प्रविधिलगायतमा जनशक्तिको कमी भएको हो । अहिले प्रतिष्ठानको प्रविधि सङ्कायमा २५ कर्मचारी कार्यरत छन् । झण्डै २० जना थप जनशक्ति आवश्यक भएको प्रविधि सङ्कायका प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक मात्रामा जनशक्ति हुँदा मात्रै कार्यक्रम प्रभावित हुँदैन ।”
प्रतिष्ठानले सोझै करारमा कर्मचारी नियुक्ति गर्न नमिल्दा कर्मचारीको अभाव भोग्नु परिरहेको हो । लोकसेवा आयोगले नै कर्मचारी नियुक्ति गर्ने हुँदा यहाँको सेवा आयोगले कर्मचारी नियुक्त गर्न पाएको छैन ।
प्रतिष्ठानले प्रदेशस्तरमा समेत शाखा खोल्ने योजना बनाएको छ । उहाँले भन्नुभयो, “त्यसका लागि पनि पर्याप्त मात्रामा प्राविधिक जनशक्तिको खाँचो पर्छ ।” प्रतिष्ठानले विज्ञान र प्रविधिको नयाँ÷नयाँ खोजी र अनुसन्धान गर्दै सफल भएका प्रविधि स्थानीयस्तरमा हस्तान्तरण गर्दै आएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter