१० माघ २०८१

गैससको सहयोगको क्रम राससले तोडेको छ.. प्रमुख सचिव

१० पुष २०७५, मंगलवार ०९:५६ मा प्रकाशित

सुर्खेत, १० पुस,,  कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाले गैरसरकारी सङ्घ÷संस्थाको सहयोगको क्रम राससले तोडेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश कार्यालयद्वारा आयोजित तीनदिने “प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण” कार्यक्रममा थपलियाले सधैँ गैरसरकारी संस्थाले सहयोग दिएर सञ्चालन गरिने गतिविधिको क्रम भङ्गता यसपटक रासस स्वयंबाटै भएको बताउनुभयो । उहाँले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको अन्तरसम्बन्ध, हालसम्म कर्णाली प्रदेश सरकारले गरेका गतिविधि र प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो ।

“प्रदेश सरकारले वित्तिय व्यवस्थापन गर्न कर्णाली प्रदेशमा राष्ट्र बैंकको प्रदेश कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ।” उहाँले भन्नुभयो । सङ्घीयता र कर्मचारीको निकटतम् सम्बन्ध कायम हुन नसकेको उहाँकोृ भनाइ थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीले प्रदेश सरकारको सञ्चार नीति र सूचनाको हकका विषयमा सहभागी पत्रकारलाई प्रशिक्षण दिनुभयो । उहाँले प्रादेशिक कानून आयोगको गठनादेश आइसकेको र सरकारले एकल अधिकारका कानून निर्माणलाई अघि बढाएको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले यहाँका सबै मन्त्रालयका काम आफ्नो वेवसाइटमा राखेर सार्वजनिक महत्वका सूचना सार्वजनिक गर्दै आएको छ,” उहाँले भन्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter