काभे्रपलाञ्चोक, ९ पुस,, जिल्लाका सबै स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । छ नगरपालिका र सात गाउँपालिकामध्ये बाँकी बनेपा नगरपालिकालाई आज खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
सबै स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपछि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणाको तयारी गरिरहेको छ । खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले नपाका प्रमुख, उप्रप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य र नगरवासी, स्थानीय प्रशसान र सुरक्षा निकायका प्रमुखलाई चर्पीमा मात्रै दिसापिसाब गर्न, गराउन शपथ समेत खुवाउनुभयो ।
जग्गा दान
वाचनालय तथा अन्य धार्मिक संरचना निर्माणका लागि नमोबुद्ध नगरपालिका–७ दाप्चाका रमेश खनालले दुई रोपनी जग्गा दान गर्नुभएको छ । खनालले दाप्चामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा अहोभाग्य हरिनाम सङ्कीर्तन भजन मण्डल नमोबुद्ध नपा–८ लाई जग्गा दान गर्नुभएको हो ।
यस्तै स्थानीयवासी रामेश्वर श्रेष्ठले पनि वाचनालय निर्माणका लागि करीब आठ आना जग्गा दान गर्नुभएको छ । दाप्चामा सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ३१ लाख ८२ हजार सङ्कलन भएको छ । सो महायज्ञमा एक हजार १९० जनाले नगद तथा जिन्सी सामग्री सहयोग गरेका थिए । महायज्ञ सञ्चालन खर्च कटाएर बाँकी रकम धार्मिक वाचनालय र अन्य संरचना निर्माण गरिने कार्यक्रम संयोजक रामेश्वर अधिकारीले जानकारी दिनुभयो । यज्ञमा पण्डित रामहरी सिग्देलले कथा वाचन गर्नुभएको थियो ।
–––
तपाईंको प्रतिकृयाहरू