१८ माघ २०८१

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या २८१

९ पुष २०७५, सोमबार १४:१४ मा प्रकाशित

कारिता, इन्डोनेसिया, ९ पुस,, इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएको छ ।

साथै एक हजार भन्दा बढी घाइते भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिनुभएको छ ।

यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले थप जानकारी दिनुभयो । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने सुटोपोले बताउनुभयो ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter