१० माघ २०८१

संसद् कानून निर्माणमा लागिरहेको छ.. अध्यक्ष तिमिल्सिना

६ पुष २०७५, शुक्रबार १६:२७ मा प्रकाशित

काठमाडौँ, ६ पुस,,  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी आवश्यक कानून निर्माणमा संसद् लागिरहेको बताउनुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “समृद्ध नेपाल ः सुखी नेपाली भन्ने ध्येयका साथ नेपाल सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ । पूर्वाधारसँगै व्यापार, पर्यटन र कृषिको आधुनीकरणमा जोड दिएको छ ।”

सो अवसरमा जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी आगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै जापान सरकारको सहयोगमा निर्माणाधीन पाँच परियोजनाको आफ्नो प्रतिनिधिमण्डलले अवलोकन गरेको जानकारी गराउनुभएको थियो । उहाँले नेपालको आर्थिक समृद्धिमा जापान सरकारको साथ र सहयोग निरन्तर रहने जानकारी दिनुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter