१० माघ २०८१

पानीको स्रोतको खोजी शुरु

६ पुष २०७५, शुक्रबार १४:५२ मा प्रकाशित

ललितपुर, ६ पुस,, वर्षाैदेखि रहेको खानेपानीको समस्या समाधानका लागि महालक्ष्मी नगरपालिकाले नगरपालिका र आसपासका नगरपालिकामा रहेका पानीको स्रोतको खोजी शुरु गरेको छ ।

खानेपानीको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन दुबै समाधानको खोजी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका स्रोतको परिचालन र सुधारलाई जोड दिइएको उपप्रमुख निर्मला थापाले बताउनुभयो । अल्पकालीन योजनामा विभिन्न स्थानमा डिप बोरिङ र आकाशे पानी सङ्कलन गरेर पानी निकाल्न लागिएको छ ।

दीर्घकालीन योजनामा दोस्रो चरणको मेलम्चीका लागि सरकारसँग अनुरोध भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले धेरै नगरवासीले खानेपानीको समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।”

नगरपालिकाभित्रै पर्ने सिंहऋषि मुहानमा रहेको पानीको स्रोतको विस्तृत परियोजना अध्ययन (डिपिआर) भइसकेको नगरपालिकाले जनाएको छ । लाँकुरीभञ्ज्याङमा रहेको स्रोतका लागि प्रदेश र सङ्घ दुबैले बजेट विनियोजन गरेका छन् ।

नगरपालिकाले ग्वालिन दह र चापाखर्कमा रहेका पानीको स्रोत सुधारका लागि बजेट छुट्टाएको छ । उहाँले भन्नुभयो, “नगरवासीको अपेक्षाअनुसार हामीले नगरपालिकाबाट गर्ने काममा खानेपानीलाई बढी जोड दिएका छौँ ।”

महालक्ष्मी नगरपालिकाका धेरै वडामा खानेपानीको समस्या छ । नगरपालिकाभित्र भएका स्रोत पर्याप्त नभएको र भएका स्रोत समेत सुधार गर्नुपर्ने अवस्थामा भएकाले नगरवासीले खानेपानी अभाव झेल्दै आएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter