०३ माघ २०८१

जिल्लाबाट तीन सय खेलाडी छनोट

६ पुष २०७५, शुक्रबार १४:०६ मा प्रकाशित

भीमदत्तनगर, ६ पुस,, जिल्लास्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट भएका छन् ।

आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यहाँ जिल्ला छनोट सकिएको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ ।

कवड्डी, भलिबल, बक्सिङ, भारोत्तलन, जुडो, तेक्वान्दो, फुटबल, ब्याडमिन्टन, क्रिकेटलगायत १६ वटा खेलको खेलाडि छनोट भइसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो ।

‘राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले २७÷२८ खेलमा सहभागिता जनाउनेछ ।’ कार्यालय प्रमुख भट्टले भन्नुभयो,“राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको छनोट माघमा हुने भनिएको छ ।”

प्रदेशबाट छनोट भएको खेलाडीले मात्रै आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । ‘प्रदेशको छनोटपछि खेलाडी बन्द प्रशिक्षणमा रहन्छन् ।’ उहाँले भन्नुभयो,“अहिले पनि खेलाडी नियमित प्रशिक्षणमै छन ।”
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter