१० माघ २०८१

उपचारका क्रममा कैदीको मृत्यु

६ पुष २०७५, शुक्रबार १२:३५ मा प्रकाशित

गौशाला, ६ पुस,,  महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ गतेदेखि लागुऔषध मुद्दामा जरिवानासहित एक वर्ष आठ महीना कैद भुक्तान गर्दै आएका कैदी मण्डल नशासम्बन्धी रोगले ग्रसित रहेको तथा पहिलेदेखि नै पटकपटक विभिन्न अस्पतालमा उनको उपचार हुँदै आएको थियो । आज बिहान करीब ६ बजे पुनःअचानक अत्यधिक बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो भने उनको उपचारकै क्रममा करीब ७ बजे मृत्यु भएको जेलर ठाकुरले बताउनुभयो ।

मृतक कैदी मण्डलको शव परम्परागत रीतिरिवाजअनुसार अन्तिम संस्कारका लागि उनकी पत्नी प्रेमकुमारी देवीले बुझी लगेको जलेश्वर कारागारले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter