काठमाडौँ, ६ पुस,, पुनरुत्थानवादी शक्ति नेपालले सर्वोच्च अदालतबाट फैसला कार्यान्वय नभए आन्दोलन गर्ने घोषणा गरेको छ । सार्वजनिक जग्गालाई प्लटिङ गरी बिक्री गरी मुनाफा कमाउने समूहलाई सरकारले संरक्षण गरिरहेको र अस्थायी शिक्षकलाई स्थायी गर्ने सरकारी घोषणा कार्यान्वयनमा पनि बेवास्था गरिएको अभियानका प्रमुख नेता तारा बरालको आरोप थियो ।
देशमा भइरहेका विभिन्न अनियमिताविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै आइरहेको उक्त संस्थाले देशमा सबैभन्दा बढी झापा र चितवनमा सार्वजनिक जग्गालगायत विद्यालय भवनका लागि आएको रकममा घोटाला भइरहेको जनाएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू