१० माघ २०८१

फाजिलका कर्मचारीलाई व्यवस्थापन गर्न माग

५ पुष २०७५, बिहीबार १४:५१ मा प्रकाशित

काठमाडौँ, ५ पुस,,  नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत फाजिल (जगेडा)मा रहेका वरिष्ठ कर्मचारीलाई तत्काल व्यवस्थापन गर्न माग गरेको छ ।

दशाँै तहका मात्र करीब ४० कर्मचारी फाजिलमा रहेका बताइन्छ । सङ्घका अध्यक्ष श्रीकृष्ण भट्टले आज सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भेट गरी प्रदेशअन्तर्गत स्वास्थ्य सेवा विभाग गठन गर्न र स्थानीय निकायअन्तर्गतका स्वास्थ्य शाखालाई समक्ष बनाउन मन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभयो ।

सङ्घले पाँचबुँदे ज्ञापनपत्र सचिव अधिकारीलाई बुझाउँदै जनस्वास्थ्यकर्मीका योग्यता र दक्षताअनुसारको पद मिलान गर्न आग्रहसमेत गरेको छ । सो अवसरमा सचिव अधिकारीले स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन आफूले प्राथमिकता दिएको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter