१० माघ २०८१

प्रहरीचौकी स्थापना

४ पुष २०७५, बुधबार १४:५९ मा प्रकाशित

काभ्रेपलाञ्चोक, ४ पुस,,  मण्डन देउपुर नगरपालिका–२ अट्टेडाँडामा नगरको व्यवस्थापनमा प्रहरीचौकी स्थापना गरिएको छ । पर्यटकीयस्थल नगरकोट, नाल्दुम तथा बालुवापाटी देउपुरको समग्र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीचौकी स्थापना गरिएको नगर प्रमुख टोकबहादुर वाइबाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको सुरक्षा र समस्यामा प्रहरीको आवश्यकता महसुस भएकाले प्रहरीचौकी स्थापना गरेका हौँ ।” उहाँका अनुसार नगरका अन्य केही संवेदनशील स्थानमा समेत प्रहरीचौकी स्थापना गर्ने योजना बनाइएको छ ।

नेपाल प्रहरी चौकीका लागि भवन, आवश्यक पर्ने फर्निचर, एक थान मोटरसाइकल तथा खाना पकाउन आवश्यकीय भाँडाकुँडासमेत व्यवस्थापन गरेको हो । यसअघि यस भेगका स्थानीयवासीलाई सुरक्षासम्बन्धी काम गर्नुपर्दा करीब १० किलोमिटरको दूरीमा रहेका नाला वा हिगुवापाटी प्रहरीचौकी जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

बुधबार आयोजित चौकी हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि काभे्रका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भौगोलिक समस्या एवं आपराधिक क्रियाकलाप रोक्न प्रहरीचौकी स्थानीयवासीको सहयोगी बन्ने बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले चीनसँग सिधैँ नाकापर्ने र विभिन्न देशबाट आउने पर्यटकको सुरक्षाको लागि तथा चोरी निकासी नहोस् भन्ने उद्देश्यले प्रहरीचौकी स्थापना गरिएको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter