०२ चैत २०८१

काँग्रेसका मुस्लिम नेताहरू अलमलमा….. ( मुन्ना समसुल हक़ )

४ पुष २०७५, बुधबार ११:०३ मा प्रकाशित

काठमाडाैंमा नेपाली काँग्रेसकाे महासमिति मेलामा अाज दिउँसाे मुस्लिम संघ नेपालको अध्यक्ष अब्दुल सत्तारले पालाे लिएर बाेल्नुभयाे । रूपमा गहकिलाे बाेले जस्तै देखिए पनिसारमा उहाँले दाेहाेराे अर्थ लाग्ने गरी दबिएर बाेल्नु भयाे ।स्पेसखबर डटकममा अपडेट भएकाे समाचारमा उहाँका भनाइहरू उध्दृत गरिएका छन् । “कांग्रेसको चारतारे झण्डाको एउटाताराले धार्मिक स्वतन्त्रताको व्याख्या गर्ने भएकोले त्यसबाट पछाडि हट्न हुँदैन ।”धार्मिक स्वतन्त्रताबाट पछाडि हटेर के कांग्रेसले आफ्नो झण्डाको एउटा तारा हटाउन सक्छ ? त्यसोगर्नु भनेको वीपीको सिद्धान्त छाड्नु हाे।”

सत्तार साहब !

विचारमा डग्मगिनु भयाे हजुर धर्मनिरपेक्षताकाे बिरूध्दमा काँग्रेसभित्र अावाज उठाउनेहरूमा स्व. खुमबहादुर खडका, गगन थापा (कहिलेकाहिँ), बीपीपुत्र शेखर काेइराला, सशांककाेइराला र शङ्कर भण्डारीहरू नै हुन् । अस्तिदेखि पस्किएकाे “सनातन वैदिक हिन्दू राष्ट्र” प्रणालीले धार्मिक स्वतन्त्रतालाई राेक्द‌ैन । उनीहरूकाे हिन्दू  राष्ट्रमा धार्मिक स्वतन्त्रताबिद्यमान रहनेछ ।  धार्मिक स्वतन्त्रता त नेपाल हिन्दू राष्ट्र रहेकाे बखतमा पनि थियाे । धार्मिक स्वतन्त्रता मात्र चाहिएकाे थियाे भने धर्मनिरपेक्षतासहितकाे संविधानमा काँग्रेसकासभासद्हरूले किन दस्तखत गरे त? सत्तार सर, हजुरले अाफ्नाे भनाइ राख्ने क्रममा धर्मनिरपेक्षताकाे डिफेन्स गरेकाे देखिएन । धार्मिक यस्वतन्त्रता भए पुग्ने शैलीमा दबिएरबाेल्नुभयाे । यसले त शंकर भण्डारी र कमल थापासम्मलाई समर्थन गरेकाे प्रतीतहुन्छ । धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र ल्याउने विषयले बजार पाएकाे हाे महासमिति ब‌ैठकमा ।धार्मिक स्वतन्त्रताकाे बिरूध्दमा कुरा उठेकाे भए हजुरकाे मन्तव्य ठीक हुन सक्थ्याे ।

धर्मनिरपेक्षताकाे वकालतमा तपाईं काँग्रेसका मुस्लिम नेताहरूलाई बाेल्न किन डर लाग्याे ? किन कमाउनुहुन्छ खुट्टा ? बिमलेन्द्र निधि र कृष्णप्रसाद सिटाैलाकाे जस्ताे फरक मतराख्न केले राेक्दाे रहेछ मुस्लिम लीडरहरूलाई ? धार्मिक स्वतन्त्रता धर्मनिरपेक्षतामा हुन्छ । र, याे हिन्दू राष्ट्रमा पनि सम्भव थियाे र छ ।धार्मिक तथा सामुदायिक  विविधतालेभरिपूर्ण नेपाललाई चाहिएकाे धर्मनरिपेक्षता हाे जहाँ राज्यकाे कुनै धर्म न हाेस् । धर्म त व्यक्तिकाे हुन्छ । धर्मनिरपेक्षताभित्र स्वत: धार्मिक स्वतन्त्रता त छँदैछ नि । कमसेकम १००जना महासमिति सदस्य मुस्लिम हुनुहुन्छ हाेला । हिन्दू । राष्ट्रकाे पक्षमा बाेल्नुभयाे । धार्मिक स्वतन्त्रता जसकाे बारेमा बाेल्नुकाे कुनै अाैचित्य थिएन, बाेल्नुभयाे । तर, बिडम्बनाधर्मनिरपेक्षताकाे पक्षमा एकजनाले पनि बाेल्ने साहस गर्नुभएन। याेभन्दा राम्राे शंकर भण्डारीकाे “सनातन वैदिक हिन्दू राष्ट्र” माथि एकमुष्ठ दस्तखत गरिदिनुस् । यतिगरिदिनुभयाे भने तपाईंका नेताहरूकाे हाैसला बढेर स्यावासी पनि पाउन सक्नुहुन्छ ।

धन्यवाद,

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter