काठमाडौँ, ३ पुस,, स्लोभानियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदीले त्यहाँका राष्ट्रपति बोरुट परहोरसमक्ष सोमबार लुब्जाना राजप्रसादमा आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । त्यस अवसरमा राजदूत सुवेदीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति बोरुटमा शुभकामना व्यक्त गर्नुभयो ।
स्लोभानियाका राष्ट्रपतिले दुई देशबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउन दुवै देशका नेतृत्व र अधिकारीहरुबीच सघन परामर्श हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीमा शुभेच्छा प्रकट गर्नुभएको भियनास्थित नेपाली दूतावासले आज जनाएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू