काठमाडौँ, ३ पुस,, नेपाली तीन युवा खेलाडीलाई सुशील कोइराला फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ ।
फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेका खेलाडीमा यू–१६ टोलीका रित गौतम, त्रितराज दाश र भूपेन्द्र उप्रेती छन् । छात्रवृत्ति पाउने तीनै खेलाडीले भारतमा गएर एक महीना वीरेन्द्र सहवाग एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसको आधा खर्च एकेडेमीले र बाँकी फाउन्डेसनले दिनेछ ।
फाउन्डेसनको पहलमा तीनै खेलाडीले प्रशिक्षणको अवसर पाएका हुन् । उमेर समूहमा कुनै पनि घरेलु प्रतियोगिता नभएका बेला युवा खेलाडीले पाएको अवसर निकै राम्रो रहेको फाउन्डेसनले जनाएको छ । खेलाडी यही पुस ५ गते भारततर्फ प्रस्थान गर्नेछन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू