१० माघ २०८१

एपिएफले मच्छिन्द्रलाई हरायो

३ पुष २०७५, मंगलवार १३:४५ मा प्रकाशित

काठमाडौँ, ३ पुस,, सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको छ ।

खेलको तेस्रो मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । एपिएफका युवराज खड्काको पासमा लामाले गोल गरेका थिए ।

त्यस्तै खेलेको पहिलो हाफको १२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । उनले श्याम नेपालीको पासमा हेडिङमार्फत गोल गरेका थिए ।

खेलको पहिलो हाफको ३४औँ मिनेटमा मच्छिन्द्रले एक गोल फर्कायो । उसका लागि विदेशी खेलाडी अल्बा एडिमोलाले गोल गरे । जारी लिगमा मच्छिन्द्रको यो पहिलो गोल हो । नवौ खेल खेलिसकेको मछिन्द्रले यसअघि एक गोल पनि गर्न सकेकको थिएन ।

खेलको पहिलो हाफसम्म २–१ गोलअन्तरले अगाडि रहेको एपिएफले दोस्रो हाफमा एक गोल थप्यो । एपिएफका रुपबहादुर लामाले गोल गरे । उनले खेलको ८८औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाए ।

नवाँै खेल खेलेको एपिएफ अङ्क तालीकाको आठाँै स्थानमा यथावत छ भने पराजित मच्छिन्द्र तीन अङ्कसहित अङ्क तालीकाको १३औँ स्थानमा छ ।

जारी लिगमा मनाङमस्र्याङ्दी क्लब २४ अङ्कका साथ शीर्ष स्थानमा छ भने समान अङ्क जोडेको सङ्कटा क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै २१ अङ्कका साथ थ्रिस्टार क्लब तेस्रो स्थानमा छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter