०५ माघ २०८१

अपराध संहिता कार्यान्वयनका लागिसरकारी वकिल

३ पुष २०७५, मंगलवार १२:०३ मा प्रकाशित

बनियानी, ३ पुस,,  भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ ।

नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही पुस ८ गते काठमाडौँमा भेला आयोजना गर्न लागिएको झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानो मुलुकी ऐन विस्थापित गरी कार्यान्वयनमा ल्याइएको उक्त संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेला आयोजना हुन हुनलागेको हो । उहाँका अनुसार भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

“भेलाबाट सरकारी वकिलको क्षमता अभिवृद्धि हुने विश्वास छ,” न्यायाधिवक्ता पन्तले भन्नुभयो, “यसले वस्तुनिष्ठ न्याय सम्पादन गर्न सहज बनाउने छ ।” भेलामा देशभरका चारसय सरकारी वकिलका साथै ८० सरोकार निकायका पर्यपेक्षक सहभागी हुनेछन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter